नगरपालिकाको विधमान अवस्था
यस नगरपालिकाको भौगोलीक अव्सिथिति, एतिहासिक चिनारी तथा नामकरण, राजनीतिक अव्सिथिति, प्राकृतिक तथा सांकृतिक उतकिरिस्थाता, बिकाश संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्यख्या गरिएको छ ।
१ भौगोलिक अवस्थिति
कमला नगरपालिका समुन्द्री सतहबाट ७६ मिटर देखी ९१ मिटर सम्मको उचाइमा अवस्थित रहेको छ । यो नगरपालिका भौगोलिक अवस्थितिका हिसाबले २६ डिग्री ३८ मिनेट ६० सेकेन्ड देखी २६ डीग्री ४५ मिनेट ३६ सेकेन्ड उत्तरी अक्षांश र ८६ डिग्री ५ मिनेट २४ सेकेन्ड देखी ८६ डीग्री १२ मिनेट ० सेकेन्ड पुर्वी देशान्तरमा फैलिएको छ ।
यस नगरपालिकाको पूर्वमा कमला नदी सिरहा जिल्ला पशचिममा धनुषा जिल्लाको शहिदनगरपालिका र कमला नदी सिरहा जिल्ला र दक्षिणमा जनकनन्दनी गाउँपिलका रहेको छ । कूल क्षेत्रफल ६५.८६ वर्ग कि.मी. रहेको यो नगरपालिका जिल्लाको कूल क्षेत्रफल ११८९.५५ वर्ग कि.मी. को ५.५३ प्रतिशत भू भाग ओगटेको छ ।
२ एतिहासिक चिनारी तथा नामाकरण
एतिहासिक प्राकृतिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण क्षेत्रको रुपमा रहेको यस कमला नगरपालिकाको नामाकरण प्रसिद्ध कमला नदीको नामबाट नामाकरण गरिएको हो । धनुषा जिल्लाको सदरमुकाम जनकपुरबाट करीब २१ कि.मी. पूर्वमा अवस्थित रहेको यस नगरपालिकाको केन्द्र साविकको माची झिटकिहया गाँउपालिकाको कार्यालयमा रहेको छ ।
३ राजनीतिक अवस्थिति
कमला नगरपालिका संघीय नेपालको प्रदेश नं. २ अन्तर्गत धनुषा जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. २ तथा प्रदेश सभा क्षेत्र नं. क अन्तर्गत रहेको छ । यो नगरपालिका पूर्ण रुपले तरार्इ भू भागमा अवस्थित छ । साविकका माची झिटकहिया दुवरकोट हथलेटवा बल्हा सघरा लक्कर सिग्याही मडान र हरिने गरी ६ वटा गा.वि.स. का सम्पूर्ण वडाहरु समावेश गरी जम्मा ९ वटा वडामा विभाजित यस नगरपालिका कूल क्षेत्रफल ६५.८५ वर्ग कि.मी.मा फैलिएको छ । यस नगरपालिकाको केन्द्र साविक माची भिटकहिया गा.वि.स. कार्यालय रहेको स्थान माची भिटकिहयामा रहेको छ ।
नगरपालिकाको वडा बिभाजन तथा क्षेत्रफल देहाय अनुसार रहेको छ ।
कमला नगरपालिकाको वडा बिभाजन तथा क्षेत्रफल
वार्ड नं.
समावेश साविक गा.वि.स. / न.पा. र वडा
क्षेत्रफल वर्ग कि.मी.मा
प्रतिशत
१
दुवरकोट हथलेटवा ४ ५ ७ ८ र ९
६.३३
९.६१
२
माची भिटकिहया १ २ ३ र ८
६.२६
९.५१
३
माची भिटकिहया ४ ५ ६ ७ र ९
४.१३
६.२७
४
बल्हा साघारा १-९
४.९५
७.५२
५
लक्कड १-९
१२.६१
१९.१५
६
सिग्याही मडान ५-९
६.१३
९.३१
७
सिग्याही मडान १-४
९.३६
१४.२१
८
हरिने १-९
१०.७४
१६.३१
९
दुवरकोट हथलेटवा १ २ ३ र ६
५.३५
८.१२
जम्मा
६५.८५
१००.००
४ धरातलीय अवस्था
पूर्णत तराई भू-भागमा अवस्थित जिल्ला अन्तरगत रहेको यस क्षेत्रमा धरातलीय स्वरुपका हिसाबले अधिकांश भू-भाग समथर भागले ओगटेको छ । नगरपालिकाको भु-उपयोगलाई वर्गीकरणलाई द्दक्षङ्क गर्दा कृषीयोग्य जमिन ८५.१२ प्रतीशत र बगर क्षेत्र ५.४२ प्रतिशत रहेको छ । यस सम्बन्धी थप विवरण देहायको तलिकामा दिईएको छ ।
वार्ड नं.
भु-उपयोग
क्षेत्रफल वर्ग कि.मी.मा
प्रतिशत
१
खाली जमीन
०.७
१.०६
२
कृषियोग्य जमीन
५६.०५
३
चरण क्षेत्र घाँसे भूमी
२.४७
४
झाडिबुटयान
०.९१
५
बगर क्षेत्र
३.५७
६
ताल तलाउ पानीले ढाकेको क्षेत्र
२.०४
जम्मा
६५.८५